समाचार

आज ललितपुर महानगरपालिकामा सार्वजनिक बिदा



काठमाडौँ, २५ बैशाख । आज ललितपुर महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

महानगरपालिकाले आज आफनो नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो । रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ ।

जारी गरेको एक सूचनामा भनिएको छ, ‘महानगरपालिकाको नगरकार्यपालिकाको १८ गतेको बैठकबाट महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरवासीको उल्लेख्य उपस्थिति र परम्परा देखिने धार्मिक महत्वको दिन भएकोले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरुमा स्थानीय विदा दिने निर्णय भए बमोजिम मिति २०८२/०१/२६ गते तदनुसार ने.सं.११४५ बछलाथ्व द्वादशीका दिन नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सो दिन ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरुमा स्थानीय विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’