Banner News

नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : मन्त्री भण्डारी



काठमाडौँ, २७ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालका श्रमिकको जीवनस्तर उकास्न जापान अन्तरराष्ट्रिय श्रम सङ्गठनको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । 

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस र जापान अन्तरराष्ट्रिय श्रम सङ्गठन (जिलाफ)को सहकार्यको ३० औँ वर्षको अवसरमा आज आयोजित कार्यक्रममा उनले जापानले नेपाली श्रमिकको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

‘बजारको मागअनुसार सीपयुक्त श्रमशक्ति छैन भने त्यसलाई रोजगारसँग कसरी जोड्ने, रोजगारका लागि मुख्य विषय सीपयुक्त श्रमशक्ति नै हो’, उनले भने । श्रम क्षेत्रमा देखिएको समस्या एकअर्कामाथि आरोप लगाएर पन्छिन नमिल्ने उनको भनाइ थियो ।