काठमाडौँ, २९ बैशाख । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ता नवीन धितालले अधिकारी पदमा रहँदै गभर्नर सिफारिस समितिमा बस्नु गैरकानुनी भएको दाबी गर्दै रिट दायर गरेका हुन् ।
अधिकारीले चैत २४ मा उमेरहदका कारण अवकाश पाएकोमा उनलाई चैत १७ गते नै अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा रहेको सिफारिस समितिको सदस्य नियुक्त गरिएको थियो ।
पदमा बहाल हुँदै सिफारिस समितिमा बसेर काम गर्नु कानुनविपरीत भएको दाबी रिटमा गरिएको छ । रिटमाथि वैशाख ३० गते पेसी तोकिएको छ ।










प्रतिक्रिया दिनुहोस्