मनोरञ्जन

मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू



काठमाडौँ, २ जेठ । नेपाल र भारतमा गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जार’ले मध्यपूर्वका देशहरूमा बिहीबारबाट प्रदर्शन थालेको छ । निर्माण कम्पनी फेरि टेल पिक्चर्सले यूएई, कतार र बहराइनमा फिल्म प्रदर्शनमा आएको जानकारी दिएको हो ।

निर्देशक फुर्वाछिरिङ लामाले यूएईका सहरहरू दुबई, अवुधावी, अज्मान र शारजाहका स्थानीय हलहरूमा फिल्म प्रदर्शनमा आएको बताए । यस्तै कतारको दोहा, बहराइनको मनामालगायत शहरहरूमा पनि ‘जार’ एकसाथ प्रदर्शनीमा आएको छ ।

शुक्रबारबाट यो चलचित्र अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिकासँगै युरोपका विभिन्न देशहरूमा प्रदर्शन हुने जनाइएको छ । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्मले २ सय वर्ष पुरानो नेपाली समाजको कथा अभिव्यक्त गर्न खोजेको छ ।