समाचार

काभ्रेका तीनवटा पालिका पूर्ण खोप सुनिश्चित



काठमाडौँ, ३ जेठ । काभ्रेका तीन वटा पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा भएका छन् ।

जिल्लाका १३ वटा पालिकामध्ये नमोबुद्ध नगरपालिका, भुम्लु गाउँपालिका र मण्डनदेउपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा हुने मण्डनदेउपुर तेस्रो भएको छ । त्यसअघि वैशाख १७ गते नमोबुद्धलाई जिल्लाको पहिलो पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको थियो ।

लगत्तै वैशाख अन्तिम हप्ता भुम्लु गाउँपालिका दोस्रो पालिकाकारुपमा पूर्ण खोप सुनिश्चित भएको थियो । राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्ने गरिएको छ ।