काठमाडौँ, ४ जेठ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाली कलाकारहरूसँगै बौद्धस्थित पाँचतारे हायात होटलको ग्राउन्डमा प्रस्तुति दिएकी छन् ।
नोरासँगै नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजामगर, समर्पण लामा लगायतको प्रस्तुतिले हायात ग्राउन्ड रौनकमय बन्यो ।
हायात ग्राउन्डमा उनले आफ्नो टोलीसँगै नाचेर दर्शकहरूलाई पनि नचाएकी छन् ।
शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना भएको ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा उनले विभिन्न बलिउड गीतमा कम्मर मर्काएर नाचेकी हुन् ।










प्रतिक्रिया दिनुहोस्