काठमाडौँ, ४ जेठ । चितवनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका-१४ नमस्तेचोकमा गितानगरबाट पटिहानीतर्फ जाँदै गरेको बा.प्र.०३-००३ प २९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक पर्सा ठोरी गाउँपालिका-१ बस्ने ५५ वर्षीय गम बहादुर कुँवरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्