काठमाडौँ, ७ जेठ । म्याग्दीको दुई वटा आधारभुत विद्यालय बन्द भएका छन् ।
बेनी नगरपालिका-५ गाजने स्थित जगन्थान आधारभुत विद्यालय र वडा नं. १० स्थित ओखले आधारभुत विद्यालय विद्यार्थी शुन्य भएपछि बन्द भएका हुन् ।
विद्यार्थी शुन्य भएपछि यी विद्यालय बन्द गरिएको बेनी नगरपालिकाले जनाएको छ । यी विद्यालयमा गत शैक्षिक सत्रमा पनि कक्षा १–३ सम्म विद्यार्थी शुन्य भएपछि घटुवा गरी बालकक्षा मात्र संञ्चालनमा ल्याइएको थियो ।
यस वर्ष पूर्व आधारभुत तह बाल कक्षामा पनि कुनै विद्यार्थी भर्ना नभएपछि पूर्णरुपमा विद्यालय बन्द भएका हुन् ।










प्रतिक्रिया दिनुहोस्