अर्थ

लिचीको भाउ बढ्यो 



काठमाडौँ, १२ जेठ । लिचीको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांकले लिचीको भाउ बढेको देखाएको हो ।

बजारमा लिची भारतीय र लोकल गरि २ प्रकारका आएका छन् । आइतबारको तुलनामा सोमबार लोकल लिचीको प्रतिकिलो मूल्य ७३ रुपैयाँ बढेको छ ।

आइतबार लोकल लिची प्रतिकिलो अधिकतम २३० र औसत २ सय ३ रुपैयाँमा कारोबार भएको थियो । आज सोमबार भने लोकल लिचीको  प्रतिकिलो मूल्य अधिकतम ३ सय र औसत २ सय ७६ रुपैयाँ कायम छ । यस्तै भारतीय लिचीको प्रतिकिलो मूल्य भने अधिकतम २ सय र औसत १ सय ९५ रुपैयाँ कायम छ ।