Banner News

नेपाल डिजिटल युगको चरणमा छ : मन्त्री गुरुङ



जापान, १६ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालले डिजिटल क्षेत्रमा छलाङ् मार्ने चरणमा रहेको दावी गर्नुभएको छ ।

जापानको टोकियोमा हुन लागेको एसिया(प्रशान्त दूरसञ्चार ९एपीटी० मन्त्रीस्तरीय बैठक २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालका प्रधानमन्त्री केपी शर्मा आचेलीको दुरुदर्शितामा सूचना प्रविधिको उद्योगको स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने जिडिपी बढाउने, नविन र समावेशी अर्थतन्त्र बढाउन दृढ संकल्पका साथ अगाडी बढिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल डिजिटल छलाङको चरणमा छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदर्शी नेतृत्वमा हामी आइटी उद्योग स्थापना गर्न, रोजगारी सिर्जना गर्न, जिडीपी बढाउन, नवीन र समावेशी अर्थतन्त्र सिर्जना गर्न दृढ संकल्पका साथ काम गरिरहेका छौं । हामीले नीति, पूर्वाधार र उच्च दक्ष मानव संसाधन विकासमा हाम्रा कार्यहरूलाई प्राथमिकता दिइरहेका छौं ।’

प्रविधि हस्तान्तरण, क्षमता निर्माण र नीतिगत संलग्नतामा एटिपीले प्रदान गरेको सहयोगलाई नेपालले उच्च महत्व दिएको उल्लेख गर्दै मन्त्री गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क लाई उच्च प्राथमिकता र खेल परिवर्तक परियोजना राखिरहेको उल्लेख गर्नुभयो । पछिल्लो समय विश्वव्यापी रुपमा प्रविधिको उच्च विकासँगै डिजिटल क्षेत्रको विकास र विस्तार नेपालको लागि सवैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले मानव विकासको पुलको रुपमा डिजिटल क्षेत्रलाई नेपालले अंगालेको बताउनुभयो । नेपाली जनतालाई सशक्त बनाउने, साइबर सुरक्षा स्थिति निर्माण गर्ने, लचिलो डिजिटल पूर्वाधारमा लगानी गर्ने, सरकार, व्यवसाय र समाजमा क्षमता निर्माण गर्ने र उनीहरूको डेटा सुरक्षित गर्ने र नवप्रवर्तनलाई तीव्र बनाउने हाम्रो प्रमुख चासोको विषय भएको उहाँले उल्लेख गर्नुभयो ।

‘नेपाल सरकारको तर्फबाट, म एटिपीको दृष्टिकोणलाई अगाडि बढाउन नेपालको प्रतिबद्धता दोहोर्याउँछु । एआई, ५जी लगायतका अन्य डिजिटल समावेशीकरणका लागि फ्रन्टियर टेक्नोलोजीहरू अँगाल्ने, क्षेत्रीय साइबर सुरक्षा सहयोगलाई सुदृढ पार्ने, सामंजस्यपूर्ण नियामक ढाँचाहरूलाई समर्थन गर्ने र हाम्रो मानव संसाधनलाई उत्थान गर्ने र डिजिटल विभाजनलाई पुल बनाउने वार्षिक क्षमता विकास कार्यक्रमहरूलाई गहन बनाउनेछौं ।’, उहाँले भन्नुभयो, ‘हामी विश्वव्यापी टेक कम्पनीहरू र डिजिटल इकोसिस्टम सक्षमकर्ताहरूलाई सस्तो र स्वच्छ ऊर्जा प्रयोग गरेर नेपालमा डाटा सेन्टर, कम्प्युटिङ र एआई केन्द्रहरू स्थापना गर्न आमन्त्रित गर्दछौं, जेनजीको उत्थान, कनेक्टिभिटी बढाउन डिजिटल गभर्नेन्स, र क्लाउड पूर्वाधारमा सहकार्य गरौं । डिजिटल क्रान्तिमा कुनै पनि राष्ट्र वा समुदाय पछाडि रहनु हुँदैन ।’