काठमाडौँ, १९ जेठ । ‘इन ड्राइभ’ सवारी सेवा प्रयोग गरी यात्रुहरूसँग कानूनबिपरीत बढी भाडा असुल्ने चालकहरूलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार २०८२ साल जेठ १८ गते राति करिब ८ बजे ‘इन ड्राइभ’ प्रयोगकर्ताबाट अत्यधिक भाडा लिएको गुनासो प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो ।
चेकजाँचका क्रममा विभिन्न स्थानहरूबाट ८ वटा सवारीसाधन सहित केही चालकहरूलाई नियन्त्रणमा लिइएको थियो ।
ती चालकहरूले यात्रुहरूसँग निर्धारण गरिएको भन्दा बढी भाडा असुलेको प्रमाण फेला परेकोले उनीहरूलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार आवश्यक कारबाही गरि छाडिएको छ ।
प्रहरीले यस्ता कार्य दोहोरिन नदिन सवारी चालकहरूलाई सचेत रहन आग्रह गर्दै, सेवा प्रदायक कम्पनीहरूलाई पनि निगरानी तथा नियन्त्रणमा सक्रिय भूमिका खेल्न अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्