समाचार

झापामा करेन्ट लागेर जंगली हात्तीको मृत्यु



झापा, २० जेठ । झापाको कमल गाउँपालिका–३, रतुवामाई जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गएराति हात्तीले विद्युत् पोलमा धक्का दिएको थियो । त्यसक्रममा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको मृत्यु भएको हो ।

उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेको अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट घटनास्थलमा प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।