समाचार

साथीको कुटपिटबाट एक जनाको मृत्यु



काठमाडौँ, २१ जेठ । दाङको तुलसीपुरमा साथीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार रुकुमको बाफिकोट घर भई तुलसीपुर उपमहानगरपालिका–८ दुधेना बस्ने विशाल गिरीको मृत्यु भएको हो ।

गिरीलाई अस्ति बेलुका उनका साथी यज्ञ वलीले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका विशाललाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो ।

टाउकोमा चोट लागेका गिरीको उपचारका क्रममा गएराति मृत्यु भएको हो । कुटपिटमा संलग्न वलीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।