राजनीति

नेपाल र चीनबिचको मित्रता नयाँ युगमा प्रवेश : मन्त्री राणा



काठमाडौँ, ३० जेठ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र चीन बिचको परम्परागत मित्रता नयाँ युगमा प्रवेश गरिरहेको बताएकी छिन् । 

परराष्ट्र मन्त्रालयको आयोजनामा ‘प्रोफेसर यादुनाथ खनाल लेक्चरल सिरिज’ कार्यक्रमको समापन गर्दै मन्त्री आरजुले आगामी दिनमा पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र चीनबिचको  सम्बन्धलाई अझ सुदृढ बनाइने प्रतिबद्धता जनाइन् ।