काठमाडौँ, ३० जेठ । सुनका गहना चोरी गरेको आरोपमा मकवानपुर प्रहरीले हेटौंडा उपमहागनरपालिका–१८, रामधुनीका तीन जना युवकलाई पक्राउ गरेको छ ।
हेटौंडा–१८, रामधुनीकी ३० वर्षीया उषा परियारले घरबाट सुनको तिलहरी चोरी भएको भनी प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् ।
पीडितको उजुरीपछि प्रहरीले अनुसन्धान तथा खोजतलास गर्ने क्रममा हेटौंडा–१८ स्थित प्रहरी चौकी ठूलोदमारबाट खटिएको प्रहरी टोलीले सुन चोरीमा संलग्न भएको आरोपमा २४ वर्षीय उपेन्द्रबहादुर विश्वकर्मा, ३० वर्षीय सञ्जिव गोतामे र हेटौंडा–४ का २५ वर्षीय सन्तबहादुर बराइलीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट चोरी भएको सुनको तिलहरी बरामद गरेको जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएर तीनैजनालाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्