अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३० जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ हजार २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९७ हजार १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।