काठमाडौँ, ३१ जेठ । विश्व बैंकले सन् २०२० को दशकमा विश्व अर्थतन्त्र ५० वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा पुग्न सक्ने चेतावनी दिएको छ ।
बैंकले यसै साता सार्वजनिक गरेको ‘ग्लोबल इकोनमिक प्रस्पेक्ट’ प्रतिवेदनमा सन् १९६० को दशकयता विश्व अर्थतन्त्रमा अहिले सबैभन्दा सुस्त वृद्धिको अवस्था रहेको उल्लेख छ । अवरोध, ट्यारिफ नीतिले ल्याएको अनिश्चितता र अन्तर्राष्ट्रिय सहयोगको अभावजस्ता कारणले विश्व आर्थिक वृद्धिदर सुस्ताउने संकेत देखिएको हो ।
सन् २०२५ मा विश्व आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने बैंकको अनुमान छ । यसअघि जनवरीमा बैंकले २.७ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको थियो । यो वृद्धिदर दशककै सबैभन्दा न्यून विन्दु हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक साझेदारलगायतमा अतिरिक्त भन्सार शुल्क लगाउने र थप ट्यारिफको धम्कीले विश्व अर्थतन्त्रको वृद्धिलाई प्रभावित पारेको प्रतिवेदनको ठहर छ ।










प्रतिक्रिया दिनुहोस्