काठमाडौँ, ३१ जेठ । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मी नगरपालिका-९, मूर्तिढुङ्गाका एक वृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ७८ वर्षीय प्रेम बहादुर लिम्बूको गएराति मृत्यु भएको हो । शुक्रबार राति खानासँग सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर गम्भीर बिरामी भएका लिम्बुको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारको क्रममा राति साढे १० बजे अस्पतालमा मृत्यु भएको हो ।
पोस्टमार्टम लगायत अन्य कानुनी प्रक्रिया तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्