मोरङ, १ असार ।मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार जितेन्द्र चौधरीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका– ७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बेलबारी नगरपालिका– ४ घर भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन विक्रम दाहालले जानकारी दिए ।
शनिबार राति पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र१–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा श्रीमती र छोरीलाई लिएर घर फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन् ।










प्रतिक्रिया दिनुहोस्