अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३ असार । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।