ललितपुर, ४ असार ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने भएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्ने छ । यसैबिच समाजवादी चिन्तक, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डीराज शास्त्रीको पार्थिव शरीरलाई बुधबार बिहान ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिँदै छ । ९० वर्षीय शास्त्रीको सोमबार निधन भएको हो ।










प्रतिक्रिया दिनुहोस्