काठमाडौँ, ९ असार । धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।
प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी सोमबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन्।
उनी धनगढीमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । मृत भेटिएको कोठाको ढोका बाहिरबाट ताल्चा लागेको अवस्थामा फेला परेको थियो ।
घटनास्थललाई सिल गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्