अर्थ

आँपको मूल्य बढ्यो



काठमाडौँ, १२ असार । बजारमा आँपको भाउ बढेको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार आँपको भाउ बढेको हो ।

बजारमा अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ । आज मालदह आँप प्रतिकिलो ७ रुपैयाँ बढेको छ भने दसहरी आँप प्रतिकिलो १४ रुपैयाँ बढेको छ ।

बुधबार मालदह आँप प्रतिकिलो ६९ रुपैयाँमा किनबेच भएको थियो । आज मालदह आँप प्रतिकिलो ७६ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै दसहरी आँप आज प्रतिकिलो ८६ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार दसहरी आँप आज प्रतिकिलो ७२ रुपैयाँमा किनबेच भएको थियो ।