राजनीति

हुम्लाको सपना पुरा हुँदैछ : प्रधानमन्त्री ओली



काठमाडौँ, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको दशकौं पुरानो सपना पुरा हुने चरणमा रहेको बताउनुभएको छ ।

हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा अवको केही दिनमा नै सडक सञ्जाल जोडिने बताउनुभयो । उक्त सडक जोडिएसँगै छिमेकी देश चिनसँग हिल्सा नाकाबाट सडक जोडिने समेत उद्घोष गर्नुभयो ।

उहाँले अफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। हुम्लामा सडक सञ्जाल पुर्‍याउने हाम्रो दशकौं पुरानो सपना पूरा हुँदै छ। यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ ।’