काठमाडौँ, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गालीगलौजविरुद्ध गायिका एलिना चौहान र समीक्षा अधिकारीले चालेको कदमको प्रशंसा गरेका छन् ।
उनले गायिकाद्वयले गाली गर्ने प्रयोगकर्ताको प्रोफाइल सार्वजनिक गर्ने तरिकालाई ‘सही’ भन्दै समर्थन जनाएका हुन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ओलीले अरूलाई सरापेर आनन्द लिने ‘परपीडक प्रवृत्ति’बाट समाजलाई बचाउनुपर्ने बताए ।
ओली सामाजिक संजालमा भनेका छन्, ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ। समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।










प्रतिक्रिया दिनुहोस्