काठमाडौँ, १८ असार । कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपको ठक्करबाट ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार चन्दलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका चन्दको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्