काठमाडौँ, १९ असार । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित गरिएको छ ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकको आवश्यक तयारी नपुगेको र महासचिवको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको हो ।
अर्को बैठक २२ असारका लागि राखिएको छ । अध्यक्ष माधवकुमार नेपाल पतञ्जली जग्गा प्रकरणमा तानिएपछि पहिलोपटक सचिवालय बैठक बसिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्