राजनीति

सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा



काठमाडौँ, २० असार । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले निर्देशनमा दिएमा आफूले सभापति पद छोड्ने बताएका छन् । 

आज कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले पार्टी केन्द्रीय समिति बैठकमा पार्टीले निर्देशन दिएमा आफू समिति सभापति पद छोड्न तयार रहेको बताएका हुन् । 

‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को दफा ८२ मा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्था समितिबाट पारित भएको भन्दा फरक प्रावधान देखिएपछि सभापति खतिवडा विवादमा परेका छन् । 

उनले भने, ‘सभापतिको हैसियतमा मेरो पनि छ गल्ती छ भनेर पार्टीले बाहिर बस भन्ने निर्देशन दियो भने म बाहिर बस्न तयार छु ।’