समाचार

सिद्धबाबामा पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते



काठमाडौँ, २५ असार । पाल्पाको सिद्धबाबामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार पाल्पा बुटवल सडक खण्डअन्तर्गत सिद्धार्थराजमार्गमा पर्ने दोभान ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी रामपुर नगरपालिका–६ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको र मोटरसाइकलको पछाडी बस्ने उनकी श्रीमती कल्पना चापागाईं घाइते भएको हो ।

हिजो बेलुकी सवा ६ बजेतिर लु ५१ प ६६३३ नम्बरको मोटरसाइकललाई ढुङ्गासहितको पहिरोले बगाएको थियो ।

पहिरोले मोटरसाइकल चालक भण्डारीलाई तिनाउ नदी किनारमा पुर्‍याएको थियो । घाइते चापागाईंको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।