समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, २७ असार । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ स्थित तीन थानामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार थानकोटबाट कलङ्की जाँदै गर्दा बा.८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक करिब ३६ वर्षीय रोशन ढकालको मृत्यु भएको हो । 

आज बिहान पौने ४ बजेतिर ढकालले हाँकेको मोटरसाइकल अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको हो । डिभाइडर मा ठोक्किएपछि सो मोटरसाइकल बागमती प्रदेश–०२–०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएको थियो । 

स्कुटर चालक धादिङ धुनिवेशी वडा नम्बर–९ घर भएका २५ वर्षीय विवेक केसी समेत घाइते भएका छन् ।  उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।