बागलुङ, २८ असार ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिमा निष्ठाको खडेरी भएको बताउनुभएको छ ।
बागलुङको बिहुँ निवासी प्रतिनिधि सभाका पूर्व सदस्य तथा काँग्रेसका निष्ठावान् नेता गोविन्द प्रसाद शर्मा कँडेलको निधन भएको १३ दिनको पुण्य तिथिमा शुक्रबार नेपाली काँग्रेस बागलुङले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले स्वर्गीय कँडेलको योगदान स्मरणयोग्य रहेको बताउनुभएको छ । कँडेल बिपीको पथमा हिडेको उल्लेख गर्नुभयो ।
देउवाले भन्नुभयो, “सांसद हुनुभयो, कहिल्यै लाभको पदमा बस्न खोज्नुभएन, सधैँ जनताको पक्षमा वकालत गर्दै हिँड्नुभयो उहाँको निष्ठा बिपीसँग मिल्छ । देश र राष्ट्रका लागि उहाँको योगदान अतुलनीय छ, नेपाली राजनीतिमा उहाँको नाम स्वर्ण अक्षरमा लेखिने छ, उहाँको मार्गलाई अन्य काँग्रेसका नेता तथा कार्यकर्ताले पछ्याउन आवश्यक छ ।”










प्रतिक्रिया दिनुहोस्