राजनीति

जबज केवल राजनीतिक सिद्धान्त मात्रै होइन : विद्यादेवी भण्डारी



काठमाडौँ, २८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्रै नभएको बताएकी छिन् ।

आज मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको जर्नल जर्नल विमोचन तथा विमर्श कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्नेगरी काम गरिरहेको बताइन् ।

उनले भनिन्, ‘जबज केवल एउटा राजनीतिक सिद्धान्त मात्रै होइन । यो लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन पनि हो,’ ‘हामीलाई थाहा छ, हाम्रो संस्कृतिमा रहेको वैदिक मन्त्र सर्वे भवन्तु सुखिना, सर्वे सन्तु निरामयाले सबै मान्छे सुखी र निरोगी हुन्, सबैले शुभ देखुन् र कसैलाई दुख नहोस् भनि यथार्थ भावना प्रकट गरेको छ । जबजको मूल भावना पनि यही हो ।’