काठमाडाँै, २८ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र सिंगापुरका डिजिटल विकास तथा सूचना मन्त्रालय र स्वास्थ्य मन्त्रालयका राज्यमन्त्री मोहम्मद राहु महजमबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा सिंगापुर र नेपालबीच आइटी क्षेत्रमा सहकार्य गर्ने द्विपक्षीय प्रतिवद्धता जनाइएको छ । डिजिटल रूपान्तरण मार्फत सबैलाई सशक्त बनाउनेस् समावेशी, दिगो र लचिलो समाजहरूको निर्माण’ भन्ने मान्यताका साथ जेनेभामा अन्तर्राष्ट्रिय दूरसञ्चार संघद्वारा आयोजित विश्व सूचना समाज ं२० उच्च(स्तरीय कार्यक्रम र एआई फर गुड ग्लोबल समिट २०२५ लाई सम्बोधन गर्न जेनेभामा पुग्नुभएका मन्त्री गुरुङ र राज्यमन्त्री महजमबीच रणनीतिक द्विपक्षीय बैठक भएको हो । बैठकका क्रममा नेपाल र सिंगापुरबीच ई(गभर्नेन्स, साइबर सुरक्षा, डिजिटल नवप्रवर्तन, फिनटेक र हरियो डिजिटल पूर्वाधारमा डिजिटल सहयोगलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।
उक्त कार्यक्रममा विश्वका २०० भन्दा बढी देशको सहभागिता रहेको थियो । सोही क्रममा भएको भेटवार्ताका क्रममा मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानी गर्न आह्वान गर्दै मन्त्री गुरुङ नेपाल उत्कृष्ट सम्भावना र भविष्य रहेको उल्लेख गर्नुभएको मन्त्रालयका सूचना प्रविधि सल्लाहकार डा. सालिग्राम पराजुलीले जानकारी दिनुभयो । लगानीको बातावरण बनाउन र त्यसको सुरक्षाको ज्ञारेन्टी गर्न नेपाल सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै नेपाल सरकारका प्रवक्त समेत रहनुभएका मन्त्री गुरुङले नेपाललाई सूचना प्रविधि र एआई हब बनाउने योजनाहरु विस्तृतमा जानकारी गराउनुभयो ।
मन्त्री गुरुङले भन्नुभयो, ‘नेपाल सरकारले डिजिटल नेपालको अभियान नै सञ्चालन गरिरहेको छ । सूचना र प्रविधिको माध्यमबाट विश्वका लगानीकर्ताहरुलाई नेपाल एउटा सुन्दर भविष्य रहेको देश हो । जहाँ लगानीकर्ताको व्यवसायीक सुरक्षा र भविष्यको ज्ञारेन्टी सरकारले गर्छ । कुनै समस्या अनाउने गरी प्रावधान गर्छ । डिजिटल नेपालको फ्रमवर्क र आइटी भिजन २०५० मार्फत नेपालको राष्ट्रिय डिजिटल रुपान्तरणको अभियना नेपाल सरकारले गरिरहेको छ । जसले गर्दा नेपाल सूचना र प्रविधिको क्षेत्रमा हब बन्न सक्छ, सोही अनुसार नेपालमा लगानी गर्न आग्रह गर्दछु ।’
अग्रगामी डिजिटल राष्ट्रको रूपमा नेपालको अन्तर्राष्ट्रिय उपस्थितिलाई पुनस् पुष्टि गरेको उल्लेख गर्दै उहाँले समावेशी र दिगो प्राविधिक उन्नतिको लागि नवीकरण गरिएको नेपाल-सिंगापुर साझेदारीको जग बसालेको बताउनुभयो । डिजिटल नेपाल फ्रेमवर्क र आईटी भिजन २०५० मार्फत नेपालको राष्ट्रिय डिजिटल रूपान्तरण अभियानको नेतृत्व गरिरहनुभएका मन्त्री गुरुङले नेपालले बीपीओ इकोसिस्टम र सुरक्षित पोस्ट-क्वान्टम तयारीलाई प्रवर्द्धन गर्दै समावेशी डिजिटल सार्वजनिक पूर्वाधार, एआई तयारी र क्लाउड कम्प्युटिङलाई अगाडि बढाइरहेको स्पष्ट पार्नुभयो । भेतवार्ताका क्रममा दुवै पक्षले स्मार्ट सार्वजनिक सेवा वितरण, क्षमता निर्माण, फिनटेक नवप्रवर्तन र दिगो क्लाउड पूर्वाधारमा रणनीतिक सहकार्यको गर्ने प्रतिवद्धता जनाइएको छ । डिजिटल समावेशीता, अनलाइन सुरक्षा, युवा विकास र महिला सशक्तिकरणमा आफ्नो योगदानका लागि परिचित एक प्रमुख सिंगापुरकी नेता एमडीएम राहयु महजमले प्रस्तावहरूको स्वागत गर्दै नेपालको बढ्दो डिजिटल आकांक्षालाई स्वीकार गर्नुभयो ।
मन्त्री गुरुङले यस नयाँ डिजिटल युगमा द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न सिंगापुरका प्रधानमन्त्रीलाई नेपालको उच्चस्तरीय भ्रमणको लागि औपचारिक निमन्त्रणासमेत दिनुभयो । नियमन्त्रणा बुझ्दै उहाँले नेपालको उच्चस्तरीय भ्रमणका लागि सिंगापुर इच्छुक रहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्