समाचार

काठमाडौँबाट दाङ जाँदै गरेको बस दुर्घटना



काठमाडौँ, २९ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका ९ मा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार काठमाडौँबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा एक जना घाइतेको अवस्था गम्भीर र अन्यको सामान्य छ । धेरैजसो घाइते डिस्चार्ज हुने प्रक्रियामा रहेको छ ।

घाइतेहरुको कपिलवस्तु र रुपन्देहीका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।