अर्थ

डल्ले च्याउको भाउ बढ्यो



काठमाडौँ, ३२ असार । बजारमा च्याउको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज डल्ले च्याउको भाउ बढेको हो ।

आज डल्ले च्याउको भाउ थोकमा प्रतिकिलो ५० रुपैयाँ बढेको छ । हिजो मंगलबार कालीमाटी बजारमा डल्ले च्याउ प्रतिकिलो ३ सय ७५ रुपैयाँमा किनबेच भएको थियो । आज भने डल्ले च्याउ प्रतिकिलो ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।