विराटनगर, ३ साउन । कोशी प्रदेशका झापा र सुनसरी जिल्लामा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
शुक्रबार घटेका यी घटनामा एक जना पुरुष र एक किशोरीको ज्यान गएको हो । झापाको अर्जुनधारा नगरपालिका–४ निवासी ३५ वर्षीय दीपक पाण्डे बिर्तामोड–२ स्थित एक ट्रान्समिटरमा काम गरिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बीएण्डसी. अस्पताल बिर्तामोड लगिएको थियो, तर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै, सुनसरीको रामधुनी नगरपालिका–६ निवासी १८ वर्षीया स्मृति चौधरीले आफ्नै घरमा रहेको पानी तान्ने कल चलाउने क्रममा करेन्ट लागी ज्यान गुमाएकी हुन् । दुवै घटनाबारे सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्