झापा, ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यवस्था बदल्न आन्दोलनको विकल्प नभएको बताएकाछन् ।
झापाको धुलाबारीमा शनिबार राप्रपा मेचीनगरको पाँचौँ नगर अधिवेशनमा उनले उक्त कुरा बताएका हून् । त्यस्तै पार्टीलाई मुलुकको पहिलो बनाउनेगरी लाग्न नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए । पार्टी निर्माणमा योगदान गर्न नसक्नेहरू आफैँ किनारा लाग्ने बताए । अध्यक्ष लिङ्देनले भ्रष्टाचारमा लागेका सबै दलका नेताहरूका फाइल खोलेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुदृढीकरणमा उजुरी दिइएको पनि बताए ।
‘पार्टीलाई देशकै ठूलो बनाउनु छ । त्यसका लागि सबैले प्रयास गरौँ । यसमा योगदान नगर्ने र विचार नमिल्नेहरू आफ्नो बाटो लाग्दा हुन्छ’ उनले भने, ‘भ्रष्टाचार र प्रलोभनमा नपर्ने र विचार मिल्नेहरू मात्र पार्टीभित्र रहन्छन् ।’










प्रतिक्रिया दिनुहोस्