समाचार

कञ्चनपुरमा बढी वर्षा : सतर्कता अपनाउन आग्रह



काठमाडौँ, ५ साउन । पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको महेन्द्रनगर स्थित हनुमाननगर मापन केन्द्रमा ४८.८ मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ ।

विभागले उक्त वर्षा देशभरकै सबैभन्दा बढी मापन भएकाले थप पानी पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरि विभागले सुचना जारी गर्दै हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

विभागले थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।