अर्थ

आजदेखि लागु हुने गरी बढ्यो अन्डाको भाउ



काठमाडौँ, ६ साउन । १० दिनअघि बढेको अन्डाको भाउ फेरि बढाइएको छ ।

नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागु हुने गरी भाउ बढाउने निर्णय गरेको हो । २८ असारमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट १५ रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ ।

मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ तोकिएको छ ।

संघका अनुसार २८ असारमा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय १० रुपैयाँ थियो भने मिडियम अन्डाको भाउ क्रेटको ४ सय ८० रुपैयाँ थियो ।

संघका सचिव मदन पोखरेलले अहिले अन्डा उत्पादन एकदमै कम भएको र माग बढी भएको हुँदा भाउ बढाउनुपरेको बताए ।