समाचार

काठमाडौँमा एक पुरुषको शव फेला



काठमाडौँ, ६ असार । काठमाडौँको कागेश्वर मनोहरा नगरपालिका–५ थलीमा एक पुरुषको शव भेटिएको छ ।

थलीको खाली चौरमा एक पुरुषको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत भेटिएका पुरुष अन्दाजी ४० वर्ष जतिका छन् । उनको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।