Banner News

आज प्रतिनिधिसभाको बैठक बस्दै (कार्यसूचीसहित)



काठमाडौँ, ८ साउन ।  आज सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ ।

प्रतिनिधिसभाको बैठक बिहीबार (आज) अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा दुई महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन् ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गर्ने कार्यसूचीमा रहेको छ।