अर्थ

आम्दानीको स्रोत बन्दै ‘अकबरे’



काठमाडौँ, ८ साउन । भोजपुरमा अकबरे खुर्सानी किसानको आम्दानीको स्रोत बनेको छ ।

पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो । 

स्थानीय बजारमा प्रतिकेजी रु दुईदेखि चार सयसम्म खुर्सानी बिक्री हुने गरेको छ । स्थानीय कृषक कमला थापाले खुर्सानी बिक्रीबाट घर परिवारका लागि खर्च जोह गर्न सहज भएको बताइन् । उत्पादन भएको खुर्सानीको बजारमा राम्रो माग रहेकाले आफू यसतर्फ लागेको उनको भनाइ छ ।

कृषक नभराज फुयालले खुर्सानी बजारको कुनै समस्या नरहेको र ठेकेदारले  बारीबाट किनेर लैजाने गरेको सुनाए । “अकबरे खुर्सानी बोखिम क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको श्रोत बनेको छ । बजारको झन्झट पनि छैन । मूल्य पनि राम्रै छ । त्यसले हामी यसमा आकर्षित भएका हौँ”, उनले भने ।

भोजपुरको पौवादुङमा गाउँपालिकाको अधिकांश भूगोलमा खुर्सानीको व्यावसायिक खेती भइरहेको छ । गाउँपालिकाले व्यावसायिक खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको छ