मनोरञ्जन

‘राजागञ्ज’ फ्रान्सका ६२ हलमा रिलिज



काठमाडौँ, ९ साउन । दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’ फ्रान्सका ६२ हलमा एकसाथ रिलिज भएको छ ।

भेनिसमा वल्र्ड प्रिमियर भएको यो फिल्मको अंग्रेजी नाम ‘पूजा, सर’ हो । अन्तर्राष्ट्रिय सिनेमाको केन्द्र मानिने फ्रान्समा यति धेरै हलमा नेपाली फिल्म रिलिज भएको यो पहिलोपटक हो ।

फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनले यो फिल्मलाई त्यहाँ प्रदर्शन थालेको हो । ‘पूजा, सर’मा आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मण्डल, घनश्याम मिश्रा, ऋचा शर्मा, गौमाया गुरूङलगायतका कलाकारको अभिनय छ ।

आदि फिल्म्स (दीपक र आशा), बाँसुरी फिल्म्स (रामबाबु गुरूङ) र नर्वेको ट्यानहाउजरको यसमा सहकार्य छ ।