राजनीति

हामी निराशलाई आशामा बदल्न कटिबद्ध छौँ : राष्ट्रपति पौडेल



काठमाडौँ, ९ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले निराशलाई आशामा बदल्न कटिबद्ध भएको बताएका छन् ।

आज राष्ट्रिय विभूति भीमसेन थापाको २५१ औँ जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही शासन प्रणालीबाट नै हामीले हाम्रा पुर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्ने स्पष्ट गर्दै सबैको ध्यान त्यसतर्फ केन्द्रित गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी अहिले अभिशप्त इतिहास बदलेर एउटा निष्कपट, खुला र उन्नतशील समाज बाट नेपाललाई डोर्‍याउन कटिबद्ध छौँ । त्यसैले निराश हुन ज़रूरी छैन, हामी निराशालाई आयामी बदल्न कटिबद्ध छौँ ।’ 

उनले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्येय नै जनताको आवाज सुन्ने जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रूपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताए

उनले भने, ‘इतिहासका अनेकौँ कालखण्डबाट गुज्रँदै हाम्रो देश अहिले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अङ्गालेर अघि बढ्दैछ । वास्तवमा यो शासन प्रणालीको ध्येय भनेको जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रूपमा समृद्ध नेपाल निर्माण गर्ने नै हो । यसबाट नै हामीले हाम्रा पुर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्छौ । हामी सबैको ध्यान त्यसतर्फ केन्द्रित होस् भन्न चाहन्छु ।’