काठमाडौँ, १२ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ ।
आज बिहान पोखरेल निवासमा भएको दुई घण्टा लामो भेटघाटमा विप्लवको कृषि कर्म, कम्युनिस्ट आन्दोलन लगायतका विषयमा छलफल भएको थियो ।
महासचिव पोखरेललाई भेट्न विप्लव आइतबार बिहान नौ बजे शंकर पोखरेलको निवास पुगेका थिए । आफ्नो निवासमा विप्लवलाई स्वागत गर्दै पोखरेलले सुरुमै विप्लवको कृषि कर्मको प्रशंसा गरेका थिए ।
जनतालाई श्रममा जोड्ने र नाफासँग सन्तुलन राखेर अघि बढे राम्रो परिणाम दिने पोखरेलको सुझाव थियो । पोखरेलले विप्लवको उत्पादन संकृतिलाई आफूले सकारात्मक रूपमा लिएको बताएका थिए ।
विप्लवले पनि ‘दोस्रो पुस्ताको वैचारिक नेता र स्पष्ट वक्ता’ भन्दै पोखरेलको प्रशंसा गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्