अर्थ

आजदेखि लागू हुने पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची 



काठमाडौँ, १६ साउन । आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढेको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलो लिटर २१ अमेरिकी डलर बढेको छ भने पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् छ ।