समाचार

भरुवा बन्दुकसहित एक पुरुष पक्राउ



काठमाडौँ, १६ साउन । अर्घाखाँचीमा एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार शितगंगा नगरपालिका–१२ बस्ने ३६ वर्षीय संदिपबहादुर कामीलाई एकनाले भरुवा बन्दुकसहित  पक्राउ गरेको हो ।  

कामीबाट बारुदजस्तो देखिने वस्तु, फलामका टुक्राहरू, केप बनाउन प्रयोग गरिएका कागजको टुक्राहरूसमेत बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।