काठमाडौँ, १७ साउन । नेकपा एकीकृत समाजवादी नेपालका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा मागेका छन् ।
खनालले अध्यक्ष नेपालको राजीनामा मागेका हुन् । पार्टीको वैचारिक र सांगठनिक कमजोरीको सम्पूर्ण जिम्मेवारी अध्यक्षमाथि लगाएका उनले तत्काल पदबाट हट्न सार्वजनिक रूपमा आग्रह गरेका छन् । पार्टीको नीतिविपरीत बोलेको भन्दै अध्यक्ष नेपालले शुक्रबार खनाललाई पदबाट नैतिकरूपमा राजीनामा दिन सुझाव दिएका थिए ।
“तपाईंले यो पार्टी हाक्न सक्नुभएन, पार्टी हाक्ने योग्यता र क्षमता पनि रहेनछ” उनले भनेका छन् ।










प्रतिक्रिया दिनुहोस्