राजनीति

कसैले माग्दैमा खुरुक्क राजीनामा दिन्नँ : नेता खनाल



काठमाडौँ, १७ साउन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कसैले आफ्नो राजीनामा माग्दैमा आफू खुरुक्क राजीनामा दिएर नहिँड्ने बताएका छन् ।

आज काठमाडौँमा पत्रकार भेटघाट गर्दै नेता खनालले आफूले पार्टी छोड्ने कुरा कल्पना समेत नगरेको बताए । 

उनले भने, ‘विद्रोह गरेर बनाएको पार्टीलाई वैचारिक र सैद्धान्तिक रूपले सुदृढ गर्नुपर्नेछ । यसलाई त रूपान्तरित गर्नुपर्ने छ । यो पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिन’, ‘मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क राजीनामा दिएर हिँड्दिनँ ।’ 

नेता खनालले पार्टी अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै कसैलाई यो पार्टी चाहिएको छैन भने आफै हिँड्न सक्ने समेत बताए । ‘