Uncategorized

डोल्पाको ठुली भेरी नदीमा जल स्तर सतर्कता तह पार, सतर्कता अपनाउन अनुरोध



डोल्पा, १८ साउन । डोल्पा जिल्लास्थित त्रिपुराकोट जल मापन केन्द्रमा ठुली भेरी नदीको जल स्तर सतर्कता तह पार गर्दै बढ्दो क्रममा पुगेको छ ।

आइतबार बिहान ४ः०५ बजे प्राप्त जानकारी अनुसार नदीको पानीको सतह निरन्तर बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई सम्भावित बाढीको जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदी किनार आसपासका होचा भू–भागमा डुबानको सम्भावना रहन सक्ने भएकाले बिहानसम्म उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ।